2021-07-18

‘मिस नेवा वर्ल्ड-२०२१’ को घोषणा, साउन ५ सम्म आवेदन दिन सकिने

काठमाडौं– नेवार समुदायको कला, संस्कृति र सभ्यतालाई उजागर गर्ने उद्देश्यले ‘मिस नेवा वर्ल्ड-२०२१’ शीर्षकको प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल र नेपालीको कला, संस्कृति तथा युगौं पुरानो सभ्यता जोगाउन तल्लिन विश्वभर छरिएर रहेका नेवार सुन्दरीहरुले यो प्रतियोगितामा सहभागिता जनाउने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । रेक्स फेसन होमको संयोजन तथा काराओके इन्टरटेन्टमेन्टको आयोजनामा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा आयोजक काराओके इन्टरटेन्टमेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारले नेवारहरु सबै जातिसंग मिलेर जातिय सद्भाव कायम गर्दै अगाडि बढिरहेको यूगिन कला,संस्कृति र सभ्यता बोकेर हिंडेको अतुलनीय जाति भएको उल्लेख गर्दै मिस नेवा वर्ल्डमार्फत यसको अझ धेरै उजागर गर्ने सोचले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताउँछन् । विश्वभर छरिएर रहेका नेवार समुदायका १६ देखि ३० वर्ष उमेर समूहका ५ फिटभन्दा माथि उचाई भएकाहरु युवतीहरुले यो प्रतियोतिगामा सहभागितना जनाउन सक्ने रञ्जितकारको भनाइ छ । प्रतियोगिताका लागि आवेदन फाराम यही साउन ५ अर्थात जुलाई २० सम्म अनलाइनमार्फत भर्न सकिने बताइएको छ । रेक्स फेसन होमका सीइओ रेक्स रञ्जितकारको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगिताको घोषणा कार्यक्रममा ब्युटी प्याजेन्ट एसोसिएसनको केन्द्रिय उपाध्यक्ष तेन्जिङ शेर्पा, संस्थाका सल्लाहकार सर्जु रन्जित, गायिका बुनु राई मानन्धर, नेपाल राष्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, उपाध्यक्ष मधु कार्की, फिसियल कोरियोग्राफर उरुसा जोशी, आमन्त्रित कोरियोग्राफर आर्शु महर्जन, रन वे मोडेल सुपरस्टारका विजेता कुशल श्रेष्ठ,काराओके ईन्टरटेन्मेन्टका म्यानेजर प्रीया खड्गी, मिस्टर नेसनल रबिन तन्दुकार, द राईजिङ्ग कृएसन नेपालका प्रमुख सागर मगर, प्रवन्ध निर्देशक रेजिना श्रेष्ठ, प्रोमोटर बिशेष श्रेष्ठ, प्रोमोटर दिपेन पन्त तथा गायिका सबिना मानन्धरको उपस्थिति थियो ।